समाज

हाम्रो आन्दोलन यथावत छ, समाधान नभइ अगाडी जान सकिँदैनः माओवादी केन्द्र

हाम्रो आन्दोलन यथावत छ, समाधान नभइ अगाडी जान सकिँदैनः माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म आफूहरूको आन्दोलन जारी रहने बताएको छ । 

शुक्रवार सभामुख देवराज घिमिरेको नेतृत्वमा सिंहदरबारका बसेको मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यस्तो बताएका हुन् । उनले देश, जनता, जिम्मेवारीवोध, संविधान र व्यवस्थाविरुद्धका क्रियाकलापलाई सम्झिएर बिहीवार संसद्मा बजेट प्रश्तुत गर्न दिएको बताए ।

उनले भिजिट भिसा प्रकरण बद्मासी, राजनीतिक रूपमा मानव तस्करीसँग जोडिएको विषयवस्तु रहेको बताए । पाण्डेले उक्त भ्रष्टाचारसँग सम्बन्धित प्रकरणलाई करेक्सन नगरेसम्म आफूहरूको आन्दोलन जारी रहने जिकिर गरे । उहाँले आफूहरूका मागलाई हल गर्ने कुरा सरकारको रहेको पाण्डेले उल्लेख गरे । 

भिजिट भिसामा विदेश जानेहरूसँग लाखौँ असुली गरेको प्रकरण गृहमन्त्री रमेश लेखक पनि संलग्न रहेको आरोप लगाउँदै उहाँको राजीनामाको माग गर्दै आएका छन् । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *