समाज

दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन २२ जिल्लामा चैते धान खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन

दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन २२ जिल्लामा चैते धान खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन

काठमाडौं । दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्रि मधेसका २२ जिल्लामा चैते धान खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन हुने भएको छ । 

आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेलले  यस्तो बताएका हुन् । यसबाट थप १२ लाख धान उत्पादन हुने सरकारको अपेक्षा छ । चैते धान खेतीका लागि सिंचाई पूर्वाधार निर्माण गर्न ३३ करोड विनियोजन भएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका मध्य तथा उच्च पहाडी जिल्लाका ८० वटा स्थानीय तहमा उच्च मूल्यका बाली वस्तुको खेती प्रवद्र्धन गर्ने सरकरको योजना छ । यसका लागि ८३ करोड रुपैयाँ विनियोजन भएको छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *