समाज

सप्तकोसीमा जल सतह बढेपछि ३८ ढोका खोलियो

सप्तकोसीमा जल सतह बढेपछि ३८ ढोका खोलियो

काठमाडौं । सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ३८ ढोका खोलिएको छ । 

पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको हो ।

बेलुका १० बजे गरिएको जल सतह मापन अनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड दुई लाख ७३ हजार ९२५ क्युसेक पुगेको छ । सोमबार दिउँसो ४ बजेको मापनमा पानीको प्रवाह दुई लाख ५६ हजार १० क्युसेक पुग्दा ३४ ढोका खोलिएको थियो । 

हाललाई डुबानको प्रत्यक्ष जोखिम भने नरहे पनि पहाडी क्षेत्रमा भइरहेको लगातारको वर्षाका कारण जल सतह लगातार बढिरहेकाले सम्बन्धित निकायका साथै सप्तकोसी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन तथा जोखिमपूर्ण स्थानमा नजान आग्रह गरिएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *