समाज

एमालेबिरुद्ध आक्रमण जारी रहेको ओलीको दाबी

एमालेबिरुद्ध आक्रमण जारी रहेको ओलीको दाबी

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले बिरुद्ध आक्रमण जारी रहेको बताएका छन् । 

शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ओलीले अहिले दुनियाँमा विभिन्न प्रकारका कुप्रचारहरु भइरहेको भन्दै  एमाले बिरुद्ध हमला भइरहेको समयमा पढेलेखेका, टेक्निकल एजुकेसन, जीवनसँग सम्बन्धित शिक्षा लिएका युवाहरु एमालेमा प्रवेश गर्नु नेपाल बनाउने भिजिनरी संकल्प भएको उल्लेख गरे । ओलीले एमालेले युवालाई सदुपयोग गर्ने पनि बताए । सही बाटोमा अरुलाई ल्याउँछु तर गलत बाटोमा जान्न भन्ने दृढ संकल्प लिन जरुरी रहेको ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले नेकपा एमाले जनताका हक अधिकार र देशका लागि लड्ने पार्टी भएको भन्दै उत्ताउलो नभइ जिम्मेवार पार्टीको रुपमा एमालेले काम गरिरहेको जिकिर गरे । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *