समाज

रामेछापमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु १ जना घाइते

रामेछापमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु १ जना घाइते

काठमाडौं । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित बोक्से पहरामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने  एक जना घाइते भएका छन् । 

आइतबार बिहान सदरमुकाम मन्थलीबाट हेटौँडा जाँदै गरेको निजी स्कारपियो मन्थली–खुर्कोट सडक खण्डको बोक्से पहराबाट तामाकोशी नदीमा खसेको हो ।  

मृत्यु हुनेमा मन्थली नगरपालिका-११ बस्ने ४१ वर्षीया राधा कार्की चौहान रहेकी छन् । उनको  घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा राधाका श्रीमान् ४६ वर्षीय उत्तम चौहान घाइते भएका छन् । 

घाइते उत्तमको सामुदायिक अस्पताल रामेछापमा प्राथमिक उपचार गरेर थप उपचारका लागि काठमाडौं ल्याइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *