सर्लाही । सर्लाहीमा अज्ञात समूहको गोली प्रहारबाट स्थानीय राम पुकार राय यादवको मृत्यु भएको छ ।
हरिपूर्वा नगरपालिका–६ मा पुर्व शिक्षक समेत रहेका यादवमाथि गोली प्रहार भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोली प्रहारपछि घाइते भएका यादवको जानकी हेल्थ केयर उपचारका क्रममा मृत्यु भएको हो ।
गोली प्रहार गरी मोटर साइकलमा भाग्ने क्रममा दुर्घटनामा परेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने एक जना फरार छन् ।
