मुख्य समाचार

माछा मार्ने क्रममा गोहीको आक्रमणबाट एक जनाको मृत्यु

माछा मार्ने क्रममा गोहीको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । पूर्वी चितवनको बुढी राप्ती नदीमा माछा मार्ने क्रममा गोहीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार बिहीबार राति ९ बजे रत्ननगर नगरपालिका–८ चित्रसारी निवासी २७  वर्षका  अविशेक माझीलाई नदीमा गोहीले तानेको हो । 

स्थानीय ४५ वर्षीय राज कुमार माझीसँगै माछा मार्ने क्रममा अविशेकलाई गोहीले पानीमा तानेर डुबाएको थियो । घटनापछि नदीमा बेपत्ता अविशेकको घटनास्थल भन्दा दुई सय मिटर टाडा राति साढे १ बजे शव भेटिएको प्रहरीले जनाएको छ ।

बुढी राप्ती नदी घडियाल गोही बढी भएको नदी हो । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *