समाज

जनै पूर्णिमाको अवसरमा डोल्पाको बालात्रिपुरासुन्दरी मन्दिरमा दर्शनार्थीको घुइँचो

जनै पूर्णिमाको अवसरमा डोल्पाको बालात्रिपुरासुन्दरी मन्दिरमा दर्शनार्थीको घुइँचो

डोल्पा । जनै पूर्णिमाको अवसरमा हिमाली जिल्ला डोल्पाको बालात्रिपुरासुन्दरी भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।

नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गर्न र मन्दिर दर्शनका लागि दर्शनार्थीको घुइँचो लागेको हो ।

पूर्णिमाका दिन बिहानैदेखि डोल्पाको ताम्राकणी नदी छलगाड सुन्दरी गंगा लगायत त्रिवेणी धाममा स्नान गरी मन्दिरका पुरोहित पुजारीको हातबाट रक्षासूत्र बाध्ने गरिन्छ । 

तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *