बुटवल । जनैपूणिर्माका अवसरमा बुटवलको कालिका मन्दिरमा सामुहिक जनै पुजन गरिएको छ ।
बुटवलको ऐतिहासिक कालिका मन्दिरमा यसक्षेत्रका जनैधारीहरू जम्मा भएर सामुहिक रूपमा जनै, रक्षाबन्धन पूजा गरि जनै लगाएका छन् ।
कालिका मन्दिरमा बिगत लामो समयदेखि जनैपूणिर्मामा सामुहिक रूपमा शास्त्रीय बिधि र परम्परा अनुसार जनै पूजा गर्ने गरिन्छ । दैनिक नित्य पुजा समेत हुने कालिका मन्दिरमा प्रत्येक वर्ष जनैपूर्णिमाका दिन सामुहिक जनै पुजा गरी धारण गर्ने गरिन्छ ।
सामूहिक जनैधारण कार्यक्रममा सहभागीहरुले नेपालको हरेक परम्परालाई जगेर्ना गरी विश्व समुदायलाई चिनाउनुपर्ने बताएका छन् । नेपाललाई जनकै गन्तव्य बनाउनुपर्ने उनीहरुको भनाइ छ ।
रूपन्देहीका अन्य ठाउँ र मन्दिरहरुमा पनि जनैपूर्णिमाका दिन सामुहिक जनै पुजा गरि जनै लगाउने र रक्षा बन्धन गर्ने प्रचलन रहि आएको छ ।