समाज

जेन-जी आन्दोलनका क्रममा भएको हिंसामा सरकारको कुनै आदेश नभएको ओलीको जिकिर

जेन-जी आन्दोलनका क्रममा भएको हिंसामा सरकारको कुनै आदेश नभएको ओलीको जिकिर

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा भएको हिंसामा सरकारको कुनै आदेश नभएको जिकिर गरेका छन् । 

उनले फेसबुक मार्फत संविधान दिवसको अवसरमा सन्देश दिँदै प्रदर्शनकारीमाथि गोली हान्ने आदेश सरकारले दिएको थिएन र घटनामा स्वचालित हतियार प्रयोग भएकाले छानबिन आवश्यक रहेको बताएका छन । 

सिंहदरबारमा आगजनी, नेपाल नक्सा जलाउने, जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय तथा व्यक्तिगत सम्पत्तिमा क्षति पुर्‍याइएको घटनाप्रति चिन्ता व्यक्त गर्दै  ओलीले देशको सार्वभौमसत्ता र संविधानको रक्षा गर्न सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए । 

संबिधान दिवसको अवसरमा ओलीले जारी गरेको सन्देशमा विकास संरचनाहरूका जग बसालेको र अर्थतन्त्र तंग्रदै गएको अवस्थामा आन्दोलन भएको टिप्पणी समेत ओलीको छ । काजी भीम मल्लको मृत्युदण्डको इतिहसबारे चर्चा गर्दै यथार्थ भन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरु पछुताउन मात्र काम लाग्ने चेतावनी पनि दिएका छन् । 

आज एमालेको केन्द्रीय पार्टी कार्यालय, च्यासलमा आयोजित संविधान दिवस कार्यक्रममा भने ओली देखापरेका थिएनन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *