मुख्य समाचार

ओली, लेखक लगायत व्यक्तिको राहदानी रोक्का प्रतिशोध भन्दै काँग्रेसको आपत्ति

ओली, लेखक लगायत व्यक्तिको राहदानी रोक्का प्रतिशोध भन्दै काँग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले भदौ २३ र २४ गतेको घटनाको छानबिन प्रारम्भ नहुँदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक लगायत विभिन्न व्यक्तिको राहदानी रोक्का गरिनु राजनीतिक प्रतिशोधपूर्ण भएको बताएको छ । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै सरकार राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि पूर्वाग्रही र प्रतिशोधपूर्ण रूपमा गैरकानुनी, मानव अधिकार र व्यक्तिगत स्वतन्त्रतामाथि प्रत्यक्ष अघात पुग्ने गरी गतिविधि गर्न उद्यत रहेको बताए । विज्ञप्तिमा घटनाको छानबिन प्रारम्भ नहुँदै राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि पूर्वाग्रही र प्रतिशोधपूर्ण रूपमा कथित आयोगको हवाला दिँदै गैरकानुनी गैरसंवैधानिक रूपमा मानव अधिकार, व्यक्तिगत स्वतन्त्रतामाथि प्रत्यक्ष अघात पुग्ने गरी आयोगलाई नभएको क्षेत्राधिकारविहीन कार्य गर्न गराउन सरकार उद्यत देखिएको उल्लेख गरिएको छ । 
सरकारको प्रत्यक्ष निर्देशनमा राजनीतिक दलका नेता तथा व्यक्तिको राहदानी रोक्का गरिएको कांग्रेसले जनाएको छ । भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्ने निर्णय गरेको थियो । साथै उनीहरूलाई आयोगको अनुमतिबिना काठमाडौं बाहिर जान पनि रोक लगाएको थियो । सरकारले भदौ २४ गते आगजनी, लुटपाटमा संलग्नहरूलाई उन्मुक्ति दिन खोजेको भन्दै काँग्रेसले आपत्ति जनाएको छ । 

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *