काठमाडौँ। प्रधानमन्त्री केपी ओलीले रासायनिक मलको अभाव नहुने बताएका छन। सामाजिक सञ्जालमार्फत उनले सरकारले यस विषयमा विशेष ध्यान दिएको बताउँदै हालको मौज्दात र आउने क्रममा रहेको मलको विवरण सार्वजनिक गरेका छन्।
कृषि मन्त्रालयबाट प्राप्त जानकारी उद्धृत गर्दै उनले हाल कृषि सामग्री कम्पनीसँग २९ हजार १११ मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेसनसँग १३ हजार ७१२ मेट्रिक टन गरी ४२ हजार ८२३ मेट्रिक टन युरिया, डिएपी र पोटास मल मौज्दात रहेको जनाएका छन्।
थप १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा रहेकाले अभाव नहुने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले कतै मलको अभाव महसुस भएमा सम्बन्धित निकायमा तत्काल जानकारी गराउन पनि किसानहरूलाई अनुरोध गरेका छन्।