समाज

नेपाल—प्रचण्डप्रति ओलीको कटाक्षः तीन वर्षअघि जहाँबाट निकाल्यौ, अहिले त्यहीँ छु

नेपाल—प्रचण्डप्रति ओलीको कटाक्षः तीन वर्षअघि जहाँबाट निकाल्यौ, अहिले त्यहीँ छु

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजित गर्ने मनसायले पार्टी भित्रकै नेताहरु सक्रिय भएपछि पार्टी जोगाउनका लागि कदम कडा कदम चालेको बताएका छन् । 

शनिवार मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई बल्खुमा सम्बोधन गर्दै ओलीले पार्टी एकीकरणबाट नेकपा बनाएपछि पार्टीभित्रकै नेताहरु पार्टीलाई विभाजित गर्न लागेको  आरोप लगाएका हुन् । प्रधानमन्त्री ओलीले  ०७४—०७५ मा पुग्दा  पार्टीलाई एउटा सर्वाधिक मजबुत पार्टी बनाएको तर केही स्वार्थ बोकेकाहरुबाट बचाउन नसकेको उल्लेख गरे ।

ओलीले  नेकपा –एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै नेपालले अरुकै निम्ति काम गरेर पार्टीभित्र अन्तरविद्रोह पैदा गर्ने काम गरेको बताए । दलको नेताकाबिरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नसक्ने, तर संसदमा अरु तत्वहरुसँग मिलेर अविश्वासको प्रस्ताव राख्न खोज्ने र पार्टी ध्वस्त पार्ने काम गरेको टिप्पणी गरे ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै ओलीले एकीकरणका मनसायले एकीकरण गरेपनि एकीकरण गर्न आउनेहरुको मनसाय एमालेलाई ध्वस्त पार्नु रहेको  उल्लेख गरे । ओलीले  तीन वर्षअघि जहाँबाट निकालिएको हो अहिले आफू त्यही स्थानमा रहेको बताए । 
प्रधानमन्त्री ओलीले आज हैसियतका साथ आफूहरु सरकारमा रहेको उल्लेख गरे । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *