Siddarth bankविज्ञापन
मुख्य समाचार

राष्ट्र बैंकले आज चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दै

राष्ट्र बैंकले आज चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दै

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउने तयारी गरेको छ । मौद्रिक नीति पारित गर्न राष्ट्र बैंक सञ्चालक समितिको बैठक बोलाइएको छ । बैठकले नीतिलाई अन्तिम रुप दिएपछि दिउसो सार्वजनिक गरिने केन्द्रीय बैंकले जनाएको छ । उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्ने गरी नीति ल्याउने राष्ट्र बैंकको तयारी छ । मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालु आर्थिक वर्षको मौद्रिक नीति जारी हुने सम्भावना छ । अर्थतन्त्रमा आएको शिथिलता हटाई आर्थिक गतिविधि चलायमान बनाउन, निष्क्रिय कर्जा र गैरव्यवसायिक गतिविधि बढिरहेको सन्दर्भमा वित्तीय स्थायित्व कायम राख्न  मौद्रिक नीतिले जोड दिने बताइएको छ । निजी क्षेत्रले शेयर बजारमा एक व्यक्तिले १२ करोडभन्दा बढी ऋण लिन नपाइने राष्ट्र बैंकको व्यवस्था खारेज गर्नुपर्ने, घरजग्गा, सेयर र सवारी साधनको कर्जामा लाग्दै आएको जोखिम भार १ सय ५० प्रतिशतलाई घटाएर १ सय प्रतिशत मात्रै कायम गर्नुपर्ने माग गरेका छन् ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *