काठमाडौ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेका छन् । सोमबार शितल निवासमा सपथ ग्रहण गरेपछि सिंहदरबारस्थीत मन्त्रालय पुगेर पदभार गर्दै मन्त्री खनालले पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका हुन् । उनले अबको प्राथमिकता युवाका माग पूरा गर्नुपर्ने र निर्वाचन गर्नुपर्ने भएकाले फजुल खर्च मूल्याङ्कन गरेर काम अगाडी बढाउने बताए । त्यस्तै पदभारपछि मन्त्रालयका कर्मचारीसंगको छलफलमा मन्त्री खनालले सार्वजनिक सम्पतीको सही रुपमा प्रयोग गर्न निर्देशन दिदै त्यसबिपरितका कार्य भए कारवाही गर्ने चेतावनी समेत दिए ।
अर्थमन्त्री पौडेलले आफूहरूले आयोग मार्फत दिएका सुझावहरु समेत पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता पनि जनाए।