प्रदेश

बैंक तथा वित्तीय सुधारका विधेयकमा व्यापकताको अनुभुति भएनः सांसद थापा

बैंक तथा वित्तीय सुधारका विधेयकमा व्यापकताको अनुभुति भएनः सांसद थापा

काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले बैंक तथा वित्तीय क्षेत्र सुधारका उद्देश्यसहित ल्याउने तयारी भइरहेको विधेयकमा व्यापकताको अनुभुति नभएकोबताएका छन् । 

सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवालासँगको छलफलमा भाग लिँदै सांसद थापाले यस्तो बताएका हुन् । उनले बैंकमा खरबौं रकम थुप्रने तर लगानी नहुने परिस्थिति कानूनको अभावका कारण भएको हो भने त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

विभिन्न विज्ञहरुले मस्यौदामा उल्लेख भएअनुरुप नै विधेयक बनेमा अर्थतन्त्रमा उथलपुथलको स्थिति आउने भन्ने विषयमा नकारात्मक उथलपुथल नहुनेगरी उथलपुथल गरिनुपर्ने सांसद थापाको भनाई थियो । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *