मुख्य समाचार

प्यालेस्टाइन नियन्त्रित पश्चिम किनारामा इजरायली सेनाद्वारा क्षेप्यास्त्र आक्रमण

प्यालेस्टाइन नियन्त्रित पश्चिम किनारामा इजरायली सेनाद्वारा क्षेप्यास्त्र आक्रमण

इजरायली सेनाले प्यालेस्टाइन नियन्त्रित पश्चिम किनारामा गरेको हवाई आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । पश्चिमकिनाराको जेनिन शहरमा ईजरालयली सेनाले हेलिकप्टरबाट क्षेप्यास्त्र प्रहार गरेको हो । आक्रमणमा दश जना भन्दा धेरै घाईते भएका छन । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । आज बिहानै पनि इजरायली सेनाले थुप्रै घर र सार्वजनिक स्थललाई निशाना बनाएको प्यालेस्टिनी रेडक्रसका निर्देशक महमुद अलसादी जानकारी दिएका छन । आक्रमण गरिएको जेनिनको क्षेत्र शरणार्थीहरुको बसोबास भएको इलाका भएको प्यालेस्टाइनले जनाएको छ । शरणार्थी इलाकामा इस्लामिक जिहादी समूह सक्रिय रहेकाले उनीहरुविरुद्ध आक्रमण गरिएको इजरायलले दाबी गरेको छ । सो समूहमाथि आफ्नो सेनामाथि आक्रमणको आरोप समेत इजरायलले लगाउदै आएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *