अन्तर्राष्ट्रिय

रुसका दुई ठूला तेल कम्पनीमाथि अमेरिकाको नयाँ प्रतिबन्ध

रुसका दुई ठूला तेल कम्पनीमाथि अमेरिकाको नयाँ प्रतिबन्ध

 
एजेन्सी । अमेरिकाले युक्रेनमा शान्ति सम्झौताका लागि मस्कोमाथि दबाब बढाउने उद्देश्यले रुसका दुई ठूला तेल कम्पनी रोजनेफ्ट र लुकओइल माथि नयाँ प्रतिबन्धहरू घोषणा गरेको छ ।
यो प्रतिबन्धको घोषणा ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बुडापेस्टमा हुने भनिएको शिखर बैठक अनिश्चितकालका लागि स्थगित गरेको भोलिपल्ट आएको हो । बुधबार बिहानै रुसले युक्रेनमा गरेको तीव्र गोलाबारीमा बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको थियो ।
अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले ‘पुटिनको यो अर्थहीन युद्ध समाप्त गर्न अस्वीकार’ गरेका का कारण नयाँ प्रतिबन्धहरू आवश्यक परेको बताएका छन् । उनले यी तेल कम्पनीहरूले क्रेमलिनको ‘युद्ध मेसिन’ लाई आर्थिक सहयोग गरिरहेको आरोप समेत लगाएका छन् । 
यस हप्ता अमेरिका र रुसका शान्ति प्रस्तावहरूबिचको मुख्य भिन्नता स्पष्ट भएको छ, जसमा मस्कोले हालको अग्रपंक्तिमा लडाइँ रोक्न अस्वीकार गर्नु प्रमुख समस्या बनेको ट्रम्पको भनाइ छ । गत हप्ता बेलायतले पनि रोजनेफ्ट र लुकओइलमाथि यस्तै प्रकृतिको प्रतिबन्ध लगाएको थियो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *