काठमाडौं । लामो प्रतिक्षापछि चार स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपकुलपति पाएका छन् ।
प्रधानमन्त्री तथा कुलपति के.पी. शर्मा ओलीले पाटन, पोखरा, वी.पी. कोइराला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेका हुन् ।
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापक डाक्टर विक्रमप्रसाद श्रेष्ठ नेपाली कांग्रेसको कोटाबाट उपकुलपति बनेका छन् । नेकपा एमालेको कोटाबाट पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. बुद्धि पौडेलले उपकुलपतिको जिम्मेवारी पाएका छन् ।
यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टर भरत खत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टर पुजनकुमार रोकाया उपकुलपति नियुक्त भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
वी.पी. र कर्णाली कांग्रेस, पाटन र पोखरा एमालेले भागबण्डामा उपकुलपति नियुक्त भएका हुन् ।