काठमाडौ । गैरआवासीय नेपाली संघ एनआरएनएका संस्थापक अध्यक्ष तथा उद्यमी डा. उपेन्द्र महतोले आफूलाई राजनीतिक गतिविधिसँग जोडेर प्रस्तुत भइरहेकाप्रति आपत्ति जनाएका छन् । उनको कार्यालयलेसार्वजनिक गरेको विज्ञप्तिमा डा. महतो कुनै पनि राजनीतिक पदमा नरहेको र कुनै दल वा राजनीतिक संलग्नता नभएको स्पष्ट पारिएको छ। विज्ञप्तिमा महतोको पहिचान उद्यमशीलता, लगानी र समाजसेवामा आधारित रहेको भन्दै राजनीतिज्ञका रूपमा चित्रण गर्नु पूर्णतः भ्रामक र गलत भएको उल्लेख छ । स्वास्थ्य, शिक्षा, रोजगारी सिर्जना र राष्ट्रिय विकासका क्षेत्रमा डा. महतोले पु¥याएको योगदानलाई उल्लेख गर्दै विज्ञप्तिमा उनको कामले नेपाल मात्र नभई विदेशमा समेत सकारात्मक प्रभाव पारेको बताइएको छ । उनको पक्षबाट सबै सञ्चारमाध्यम र सरोकारवालालाई विश्वसनीय स्रोतमा आधारित भएर मात्रै समाचार सम्प्रेषण गर्न आग्रह गरिएको छ ।
