काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब २१ करोड ३५ लाख ९२ हजार रुपैयाँको नेपाली चिया निर्यात भएको छ ।
झापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा भन्दा आर्थिक वर्ष २०८१/८२ मा ३२ दशमलब २ प्रतिशत बढी नेपाली चिया निर्यात भएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा एक करोड ५४ लाख १६ हजार ७५६ किलो चिया निर्यात भएको छ । अघिल्लो आर्थिक वर्ष२०८०/८१ मा ३ अर्ब १७ करोड ९५ लाख २७ हजार रुपैयाँ मूल्यको चिया निर्यात भएको थियो ।
चालु आर्थिक वर्ष २०८२/८३ को साउनमा पनि ३७ करोड ४८ लाख २४ हजार मूल्य बराबरको चिया निर्यात भएको छ । यो अवधिमा १२ लाख ९७ हजार २२ किलो चिया निर्यात भएको भन्सार कार्यालयको तथ्याङ्क छ ।
