प्रदेश

‘आतंकवादविरुद्धको लडाईंमा नेपालले जुनसुकै देशलाई पनि साथ दिनुपर्छ’

‘आतंकवादविरुद्धको लडाईंमा नेपालले जुनसुकै देशलाई पनि साथ दिनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आतंकवाद विरुद्धको लडाईंमा नेपालले जुनसुकै देशलाई पनि साथ दिनुपर्ने बताएका छन् ।

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै खतिवडाले रुस–युक्रेन युद्ध, इजरायल–हमास युद्ध, अमेरिकी राष्ट्रपतिको वर्तमान नीति र पाकिस्तानी आंतकवादका विरुद्ध भारतको आक्रमण लगायतले नेपाललाई झन् जोखिम बनाएको बताए । उनले वर्तमान समयको जटिलतालाई सामना गर्न सरकारलाई तयार रहन आग्रह गर्दै आंतकवादीविरुद्धको लडाइँमा नेपालले जुनसुकै देशलाई पनि साथ र समर्थन दिनुपर्ने जिकिर गरे । 

धितोपत्र बोर्डका अध्यक्षका कमिशन काण्डहरू बाहिर आएको भन्दै यो विषयमा सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ ।

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *