मुख्य समाचार

वैदेशिक रोजगारीमा जान लागेका १३२ श्रमिकहरूलाई अध्यागमन कार्यालयले रोकेकोप्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आपत्ति

वैदेशिक रोजगारीमा जान लागेका १३२ श्रमिकहरूलाई अध्यागमन कार्यालयले रोकेकोप्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघको  आपत्ति

काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत र जोर्डन जान लागेका १३२ श्रमिकहरूलाई अध्यागमन कार्यालयले रोकेकोप्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मलन गर्दै संघले कुवेत र जोर्डन जान लागेका १३२ जना श्रमिकहरूलाई अध्यागमन कार्यालयले बिना कारण रोकेको भन्दै आपत्ति जनाएको हो ।

संघले अध्यागमनले बिना कारण वैदेशिक रोजगारीमा जान रोक लगाउनु जाहेज नभएको भन्दै व्यवसायीलाई उचित क्षतीपूर्ति दिएर श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन माग समेत गरेको छ ।

वैदेशिक रोजगार विभागबाट कानून बमोजिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि जान लागेका श्रमिकलाई अध्यागमन विभागका कर्मचारीले अनावश्यक दुःख दिई रोजगारीबाट वञ्चित गराउने उद्देश्यले हस्तक्षेप गर्नु गलत भएको संघको भनाइ छ । 

त्यस्तै, महिला पुनःस्थापना केन्द्र (ओरेक) ले पनि वैदेशिक रोजगारीको लागि कुवेत जान लागेका १३२ श्रमिकहरूलाई अध्यागमन कार्यालयले रोकेकोप्रति बिरोध जनाएको छ ।

ओरेकले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सरकारले रोकेर संविधानमा भएको अधिकार खोस्ने काम गरेको आरोप समेत लगाएको छ । 

अध्यागमन कार्यालयले गत असार २४ गते जोर्डन जान लागेका १५ जना, २७ गते सलाम एयरलाईन्सबाट कुवेत जान लागेका १०१ जना र कुवेत एयरलाईन्सबाट जान लागेका १६ जना कामदारलाई रोकेको थियो ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *