समाज

पतञ्जली जग्गा प्रकरणमा बिना कारण मुद्दा लगाइएको नेपालको दाबी

पतञ्जली जग्गा प्रकरणमा बिना कारण मुद्दा लगाइएको नेपालको दाबी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूमाथि बिना कारण मुद्दा लगाइएको बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले हदबन्दी भन्दा बढी जग्गा दिएको र दिएको भन्दा बढी जग्गा विक्री गर्न दिएर बेठिक गरेको भन्दै आफूमाथि मुद्दा लगाएको बताएका हुन् । 

अध्यक्ष नेपालले हदबन्दी भन्दा बढी जग्गा राख्न दिने अधिकार नेपाल सरकारसँग रहेको बताए । उनले हदबन्दी भन्दा बढी जग्गा राख्न दिएर गल्ती काम भयो भन्ने कुराको कानूनी आधार नरहेको दाबी गरे । 

अध्यक्ष नेपालले उक्त जग्गा मन्त्रीपरिषद्बाट सर्वसम्मतिले निर्णय गरेर दिएको पनि स्पष्ट पारे । उनले कुनै गल्ती र बद्मासी आफूले जीवनमै नगरेको दाबी पनि गरे ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *