मुख्य समाचार

नेपालले मलेसियासँग टी-२०आई शृंखला खेल्ने

नेपालले मलेसियासँग टी-२०आई शृंखला खेल्ने

काठमाडौं । नेपाली महिला क्रिकेट खेलाडीले मलेशियन सुपर वुमन शृङ्खला खेल्ने भएको छ । 

मलेशियन सुपर वुमन शृङ्खला आउँदो सेप्टेम्बर २४ देखि ३० अर्थात् असोज ९ गतेदेखि १४ गतेसम्म मलेशियामा हुनेछ ।

शृङ्खलामा सेन्ट्रल सुपर गल्र्स, इस्टर्न लायनेस, नर्थन क्वीन्स, साउथर्न जागुअर्स र वेस्टर्न वन्डर वुमन गरी पाँच टोलीहरूको सहभागिता रहने छ । नेपाली महिला खेलाडीहरु पाँच वटा फरक फरक टोलीमा समावेश भएर खेल्ने क्रिकेट क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । 

नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव र टी–२० विश्वकप ग्लोबल छनोट तयारीका लागि यो शृङ्खला महत्त्वपूर्ण हुनेछ ।

यो शृङ्खलापछि महिला राष्ट्रिय टोलीले अक्टोबर २ देखि ८ तारिखसम्म अर्थात् असोज १६ गतेदेखि २२ गतेसम्म मलेशीयाको राष्ट्रिय टोलीसँग पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने क्यानले जनाएको छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *