समाज

नेपालमा लोकतन्त्र गोलीले होइन, बोलीले आएको होः सञ्चारमन्त्री गुरुङ

नेपालमा लोकतन्त्र गोलीले होइन, बोलीले आएको होः सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपालमा गणतन्त्र गोलीद्वारा नभइ बोलीबाट आएको बताएका छन् । 

बिहीवार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।  गुरुङले नेपालमा गणतन्त्र बुलेटबाट नभइ ब्यालेटबाट आएको र बुलेटबाट आएको नसोच्न माओवादीलाई पटक –पटक आफूले आग्रह गरेको समेत उल्लेख गरे ।

गुरुङले अहिलेको सत्तापक्ष र प्रतिपक्ष गणतन्त्र पक्षधर रहेको पनि बताए । मन्त्री गुरुङले गणतन्त्रको आलोचना र टिप्पणी गर्न पाइने तर राजतन्त्रको पक्षमा लाग्ने कुरा, मुलुक विखण्डनमा लाग्ने कुरा संविधान विरोधी भएको जिकिर गरे ।

मन्त्री गुरुङले राजावादीहरुलाई बोल्ने अधिकार दिँदा डराएको भन्ने नसोच्न चेतावनी समेत दिए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *