काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरिबी र बेरोजगारीको दुष्चक्रबाट नेपाल माथि उठ्नसक्ने सम्भावना बढेको बताएका छन् ।
काठमाडौंमा आयोजत एका कार्यक्रममा बोल्दै भट्टराइले नेपालले २१ औं शताब्दीमा विश्वसँग पदचाप मिलाएर जानसकेमा अल्पविकसित, गरिबी, बेरोजगारी र परनिर्भरताको अन्त्य हुने बताएका हुन् । भट्टराईले लोकतन्त्र प्राप्तिका साथै नेपाली जनताका लागि विश्वका नागरिक सरहको राजनीतिक अधिकारहरु लेखेको भएपनि परिवर्तनबाट वित्तीय संस्था, राजनीतिक संस्था र भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरुलाई बलियो बनाउन नसक्दा पछि पर्दै गएको स्पष्ट पारे ।
अबको विकास एशियाली मुलुकहरुतर्फ बढिरहेकोले नेपालले पनि विश्वसँग पदचाप मिलाउँदै अघि बढ्नु आजको आवश्यकता भएको डा. भट्टराईको भनाई थियो ।
भट्टराईले हिजोको साम्यवादले आज काम नहुने भन्दै नाम जेसुकै दिएपनि बृद्धि, वितरण, दिगोपन र खुशीपन सहितको सन्तुलन भएको बाटो नै अवको बाटो भएकाले यसतर्फ गम्भीर हुनुपर्ने समय आएको बताए ।