मुख्य समाचार

नेपाल स्कटल्याण्डसँग पराजित

नेपाल स्कटल्याण्डसँग पराजित

काठमाडौं । स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ । आयोजक स्कटल्यान्डले  नेपाललाई ३४ रनले हराउँदै उपाधि जितेको हो ।

शुक्रबार भएको खेलमा स्कटल्याण्डले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा अलआउट हुँदै १५९ रन मात्र बनाउन सक्यो । रुपेश सिंह २२ बलमा ४३ रनमा नटआउट रहे । त्यस्तै, दिपेन्द्रसिंह ऐरीले ३४ र कप्तान रोहित पौडेलले २७ रन बनाए ।

स्कटल्याण्डका क्रिस ग्रिभ्सले ३ ओभरमा २७ रन दिएर ३ विकेट लिए । सफिया सरिफले २ विकेट लिँदा मार्क वाट, माइकल लिस्क र ब्रान्डन म्याकमुलेनले १/१ विकेट लिए ।

यसअघि ग्लासगोमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९३ रन बनाएपछि नेपालले १९४ रनको लक्ष्य पाएको थियो । 

सिरिजमा नेपालले दुई जित निकालेको थियो । यसअघि सिरिजको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले हराएको थियो । नेपाल गत सोमबार नेदरल्याण्ड्ससँग हारेको थियो । बिहीबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको थियो ।

सिरिजमा नेपाल, स्कटल्याण्ड र नेदरल्याण्डको समान ४ अकं भएपनि रनरेटमा अघि रहँदै स्कटल्याण्डले उपाधि जितेको हो ।

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *