मुख्य समाचार

सत्र बर्ष मुनिको साफ फुटबलमा  नेपालले आयोजकसँग प्रतिस्पर्धा गर्दै

सत्र बर्ष मुनिको साफ फुटबलमा  नेपालले आयोजकसँग प्रतिस्पर्धा गर्दै

काठमाडौ । साफ सत्र बर्ष मुनि फुटबल च्याम्पियनसिपमा आजदेखि श्रीलङ्कामा सुरु हुँदै छ ।  पहिलो दिन घरेलु टिम श्रीलङ्काविरुद्ध खेलेर नेपालले प्रतियोगिताको सुरुवात गर्ने छ । श्रीलङ्काको रेसकोर्स अन्तर्राष्ट्रिय रङ्गशालामा हुने प्रतियोगिता स्थानीय समय अनुरा राति ७ बजे सुरु हुनेछ । नेपाल समूह ‘ए’ मा रहेको छ। सो समूहमा नेपालसहित श्रीलङ्का र बङ्गलादेश पनि रहेका छन्।  नेपालले तीन दिनपछि बङ्गलादेससँग खेल्ने छ । यस प्रतियोगितामा विभाजित दुई समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने प्रावधान रहेको छ । अर्को समूहमा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान रहेका छन् । यस उमेर समूहमा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन् । पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग ४–२ ले पराजित भएको थियो । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *