समाज

नीति तथा कार्यक्रममा राष्ट्र निर्माणको लागि दृढ संकल्प आउन सकेनः सचिव पौडेल

नीति तथा कार्यक्रममा राष्ट्र निर्माणको लागि दृढ संकल्प आउन सकेनः सचिव पौडेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले राष्ट्र निर्माणको लागि दृढ संकल्पका साथ नीति तथा कार्यक्रम आउनुपर्ने भएपनि त्यस्तो आउन नसकेको बताएका छन् । 

मंगलवारको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै पौडेलले राष्ट्र निर्माणको लागि अपेक्षा गरेजस्तो नीतिख तथा कार्यक्रम नआएको दाबी गरे ।

यद्यपि पौडेलले नीति कार्यक्रममा सार्वजनिक सेवा प्रवाह, आर्थिक गतिशिलता, सामाजिक न्याय, हप्तामा २० घण्टा विद्यार्थीलाई काममा लगाउने कुरा, विद्यार्थीका लागि पढ्दै कमाउँदै, नागरिक एप्स, इ.गभर्मेण्ट बोर्ड, अनलाइन कर प्रणाली, युवा केन्द्रित स्टार्टअप, साइबर सुरक्षा, डिजिटल नेपाल फ्रेमवर्क, तीन तहको सरकारको एकीकृत परियोजना बैंकिङ प्रणाली जस्ता विषयहरु राखेकोमा धन्यवाद दिए । उनले यसअघिको नीति तथा कार्यक्रमका कारण ६ सय ६१ स्टार्टअपले लोन पाएको बताए ।

सांसद पौडेलले नीति तथा कार्यक्रमले सिक्ने किसिमको नीति तथा कार्यक्रम समेत ल्याउन नसकेको बताए ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *