समाज

खर्कमा ५ दशकदेखि रमाएका नन्दबहादुर भण्डारी

खर्कमा ५ दशकदेखि रमाएका नन्दबहादुर भण्डारी

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ सांझापानीमा नन्दबहादुर भण्डारीले पाँचदशक खर्कमा बिताएका छन् । 

तेह्र वर्षकै कलिलो उमेरदेखि भेडा धपाउन शुुरु गरेका उनले अहिलेपनि यही पेशालाई निरन्तरता दिइरहेका छन । हिमाली लेक, बेसी, खर्क, बुकी र विशाल फाँटहरुमा भेडा चराउने पेशा अहिले उनको दैनिकी बनेको छ । 

उमेर ६७ वर्ष पुगेको भएपनि उनको  जोस र जाँगर घटेको छैन । समुन्द्री सतहदेखि करिब ४ हजारभन्दा बढी उचाईमको लेकमा बस्दै सयौं भेडाहरुको रेखदेखमै उनको समय वित्ने गरेको छ । बर्खा लाग्ने बित्तिकै भेडाहरुको बथानसँग मुस्ताङ उक्लिनु र लेकहरुमा बास बसाउनु उनको दिनचर्या हो । 

दशैंको समयमा उनले एउटा भेडाको मूल्य २० देखि २४ हजार र खसी ३५ देखि ४० हजारसम्म बेच्ने गरेका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *