मुख्य समाचार

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग एक वर्ष भित्र सञ्चालनमा आउने

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग एक वर्ष भित्र सञ्चालनमा आउने

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक वर्ष भित्र नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सम्पन्न हुने बताएका छन् । मंगलवार उच्च अधिकारीसहितको टोलीले सहित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अनुगमन पश्चात उनले सुरुङमार्गको पैतिस मिटर मात्रै ब्रेक थ्रु गर्न बाँकी रहेको जानकारी दिएका हुन । मन्त्री ज्वालाले करिव एक वर्षभित्र यातायात सञ्चालन गर्नेगरी निर्माण कार्य अघि बढाएको बताए ।
ज्वालाले निरीक्षणका क्रममा थपिएको समय सीमाभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिए । निर्माण प्रक्रियामा कुनै व्यवहारिक जटिलता उत्पन्न भए सहजीकरण गर्न सरकार तयार रहेको उनको भनाइ थियो । दुई दशमलब ६८ किलोमिटर  लम्बाई रहेको सुरुङ मार्गको नौ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन् । सुरुङमार्गको निर्माण अवधि सरकारले १४ महिना थप गरेको छ । सुरुङमार्गमा जापानको जाइकाको साढे १६ अर्ब सहयोग गरेको छ भने सरकारको ७ अर्ब जति लगानी गरेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *