समाज

‘नाडा अटो सो २०२५’ आज सकिँदै

‘नाडा अटो सो २०२५’ आज सकिँदै

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल नाडाको आयोजनामा भइरहेको ‘नाडा अटो सो २०२५’ आज सकिँदैछ । 

काठमाडौंको भृकुटीमण्डपमा भदौ ३ गतेदेखि शुरु १७ औं संस्करणको शो आज सकिन लागेको हो । शो मा उन्नत प्रविधि, स्मार्ट मोबिलिटी र दिगोपनलाई जोड दिइएको छ । 

शोमा उड्ने कारदेखि अत्याधुनिक स्वचालित चारपांग्रे रोबोट ‘युनिट्री रोबोट्सका साथै विभिन्न ब्राण्डका गाडी प्रदर्शनीमा राखिएका छन । शनिबारसम्ममा एक लाख ४९ हजारले अवलोकन गरिसकेको अटोमोबाइल्स एशोसियसनले जनाएको छ । 

यस वर्षको शोमा १९ वटा चारपांग्रे ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी ब्राण्ड, ४ वटा दुईपांग्रे सवारी ब्राण्ड, तथा ३५ अन्य कम्पनीका गरी १ सय २५ भन्दा बढी प्रदर्शकहरू सहभागी छन ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *