समाज

अमेरिकाको वाशिंगटन डी.सी.मा २ इजरायली दुतावासका कर्मचारीको हत्या

अमेरिकाको वाशिंगटन डी.सी.मा २ इजरायली दुतावासका कर्मचारीको हत्या

एजेन्सी । वाशिंगटन डी.सी. मा रहेको यहुदी संग्रहालय नजिकै राति दुई इजरायली दुतावासका कर्मचारीको मृत्यु भएको अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले बताएका छन् ।

वाशिंगटन डी.सी. मा रहेको यहुदी संग्रहालय नजिकै गएराति दुई इजरायली दुतावासका कर्मचारीहरूको हत्या गरिएको हो । मिडिया रिपोर्टहरूले दुई जनालाई गोली हानी मारिएको बताएका छन् । नोएमले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।

घाइतेहरूमध्ये एक जनालाई गम्भीर अवस्थामा नजिकैको अस्पतालमा लगिएको थियो र उनको मृत्यु भएको थियो । प्रहरीले हाल घटनाको सम्बन्धमा चासो राख्ने व्यक्तिसँग सोधपुछ गरिरहेको छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *