समाज

श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

झापा । झापामा श्रीमानले धारिलो हतियारले घाँटीमा प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कनकाई नगरपालिका–२ सुकेडाका ३५ वर्षीय कविराज हेमरन पक्राउ परेका छन् ।  

शनिबार राति कविराजले ३४ वर्षीया श्रीमती पूजा हेमरनको खुकुरी प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 

“दुई जनाबीच झगडा भएपछि श्रीमतीको हत्या गरी कविराज फरार भएका थिए । निजलाई सुरुङ्गा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो”, उनले भने।  

घटनास्थल सुरक्षित राखी घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *