मुख्य समाचार

इजरायलले ६ देशमा गरेको आक्रमणमा परी २ सय जनाभन्दा बढीको मृत्यु

इजरायलले ६ देशमा गरेको आक्रमणमा परी २ सय जनाभन्दा बढीको मृत्यु

एजेन्सी । इजरायलले पछिल्ला ७२ घण्टामा ६ देशहरूमा आक्रमण गरेको छ । गाजा सहित सिरिया, लेबनान, कतार, यमन र ट्युनिसियामा उसले हवाइ आक्रमण गरेको हो । आक्रमणहरूमा २ सय भन्दा बढीको मृत्यु भएको छ । १००० भन्दा बढी घाइते भएका छन । इजराइलले यी देशहरूमा रहेका आतंककारी केन्द्रहरूलाई लक्ष्य बनाइरहेको दाबी गरेको छ । इजरायलको यो कदमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतन्याहूसँग असन्तुष्टि व्यक्त गरेका छन । तर नेतन्याहूले कतारको राजधानी दोहामा हमास अधिकारीहरूलाई लक्षित गरेर गरिएको भन्दै आफ्नो कदमको बचाउ गरेका गरेका छन । इजरायलको यो हमलाले अमेरिकाको भूमिकामाथि पनि प्रश्न उठेको छ । यसबीच अरब नेताहरू ऐक्यबद्धता जनाउन खाडी राष्ट्रको भ्रमण गर्दैछन । इजरायली आक्रमणबारे छलफल गर्न दोहामा आइतबार र सोमबार आपतकालीन अरब इस्लामिक शिखर सम्मेलन हुने भएको हो । तीन दिनअघि कतारमा हमास नेताहरूमाथि इजरायलले गरेको आक्रमणप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ढिलो र कमजोर प्रतिक्रिया देखिएको भन्दै विश्लेषकहरूले यसले खाडी क्षेत्रमा अमेरिकाको सैन्य साझेदारीमाथि प्रश्न समेत उठाएका छन । आक्रमणपछि ट्रम्पले शुरुमा दुःख लाग्यो भने पनि औपचारिक रूपमा इजरायलको निन्दा गरेको छैन । आक्रमणबारे कतारलाई पहिले जानकारी दिइएको दाबी दोहाले अस्वीकार गरेको छ । आक्रमणमा एक सुरक्षा अधिकारीसहित छ जनाको ज्यान गएको थियो ।।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *