काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् ।
शुक्रबार मध्यान्ह बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो वरीयतामा रहेका अतिरिक्त महानिरीक्षक (एआईजी) खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षक बनाउने निर्णय गरेको हो ।
वर्तमान प्रहरी महानिरीक्षक दीपक थापा अगामी भदौ १८ गतेबाट अनिवार्य अवकाशमा जाने भएकाले खापुङलाई नयाँ आईजीपी बनाइएको हो । नवनियुक्त आईजीपी खापुङले अगामी भदौ १९ गतेदेखि कार्यभार सम्हाल्ने छन् ।
खापुङको कार्यकाल अहिलेसम्मकै छोटो रहनेछ । प्रहरी नियमावली अनुसार उनी २६ कात्तिकमा अवकाशमा जानेछन् ।