समाज

जिल्ला प्रशासन कार्यालय उदयपुरद्वारा औषधी पसलमा अनुगमन

जिल्ला प्रशासन कार्यालय उदयपुरद्वारा औषधी पसलमा अनुगमन

उदयपुर । जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्लामा सञ्चालन गरिएका औषधी पसलहरुमा अनुगमन गरेको छ । 

सोमबार उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेयको नेतृत्वमा रहेको अनुगमन टोलीले जिल्लाको चौदण्डीगढी नगरपालिका भित्रका औषधी पसल तथा मेडिकलहरुमा अनुगमन गरेको हो । 

अनुगमन टोलीले स्थानीय पाथिभरा डेन्टल क्लिनिक, शुभम डेन्टल प्रा.ली., दिव्यान्स फार्मेसीलाई जरिवाना गरेको थियो । उनीहरुलाई दर्ता प्रमाणपत्र नभएको भन्दै अनुगमन टोलीले जरिवाना गरेको हो । अनुगमन टोलीले चौदण्डीगढी नगरपालिका ४ बसाहामा महेन्द्र मण्डल द्वारा संचालित बीज मेडिकल हलमा भने ताला लगाएको छ । अवैधानिक रुपमा मापदण्डविपरीत संचालन गरेको बीज मेडिकल हलमा ताला लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए । 

अनुगमन सहायक प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थित स्वास्थ्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय गाईघाट र स्थानीय पालिकाको टोलीले संयुक्त रूपमा अनुगमन गरेको हो । 

अनुगमनका क्रममा पाइएका म्याद समाप्त भएका औषधीहरु अनुगमन टोलीले जफत गरेको छ  ।उदयपुरमा संचालित धेरै मेडिकहल मापदण्डविपरीत संचालन रहेको गुनासो आउन थालेपछि जिल्ला प्रशासनको नेतृत्वमा अनुगमन थालिएको हो । 

अनुगमन टोलीले मापदण्डविपरीत संचालित धेरै मेडिकल हललाई तत्काल मापदण्ड अनुसार संचालन गर्न सुझाव समेत दिएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *