समाज

सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव हुँदै गएकोप्रति मन्त्री सिंहको चिन्ता

सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव हुँदै गएकोप्रति मन्त्री सिंहको चिन्ता

काठमाडौं । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । 

आज डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले अहिले सामुदायिक विद्यालयमा बसाईंसराई लगायतका विभिन्न कारणले विद्यार्थीको अभाव हुँदै गइरहेको बताएका हुन् । 

उपप्रधानमन्त्री सिंहले अब विद्यालयको भौतिक पूर्वाधार सुधार गर्दै उचित सदुपयोग गर्न जरुरी रहेको बताए । मन्त्री सिंहले राजनीतिमा आएको परिवर्तनका कारणले नै अहिले नेपालमै विद्यार्थीले आफूले चाहेका विषयहरु रोजेर पढ्न सक्ने बताए । अध्ययनका लागि विदेश जानेहरुलाई रोक्न नसकिने पनि उनको भनाइ छ । 

उपप्रधानमन्त्री सिंहले विद्यार्थी अनुशासित हुनुपर्ने र प्राप्त अवसरको महत्वलाई बुझेर अघि बढ्नुपर्ने जरुरी रहेको बताए । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *