मुख्य समाचार

डोजरे विकास प्रबृत्तिको अन्त्य गर्ने मन्त्री ज्वालाको प्रतिवद्धता

डोजरे विकास प्रबृत्तिको अन्त्य गर्ने मन्त्री ज्वालाको प्रतिवद्धता

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले डोजरे विकास प्रवृत्तिको अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन । आज राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ज्वालाले अध्ययनबिना डोजर चालकको भरमा सडक निर्माण हुँदा अनेकौँ प्राकृतिक बिपत्तिहरु भइरहेको भन्दै असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन । मन्त्री श्रेष्ठले डोजरे विकासका कारण सयौँ बिगाहा खेतीयोग्य भुमि पुरिने र पुल तथा पूर्वाधारमा क्षति हुने गरेको जानकारी दिए । 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको बताए । उनले नेपाल वायु सेवा निगमले तिनवटा साना जहाज खरिद गर्ने प्रक्रिया अगाडी बढाएको पनि जानकारी दिए । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *