Siddarth bankविज्ञापन
प्रदेश

परराष्ट्रमन्त्री राणासँग जापानका उपविदेशमन्त्रीको भेट

परराष्ट्रमन्त्री राणासँग जापानका उपविदेशमन्त्रीको भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग जापानका उपविदेशमन्त्री इकुइनो अकिकोले आज शिष्टाचार भेटवार्ता गरेकी छन् ।

 सो अवसरमा  मन्त्री डा. राणाले उपमन्त्री अकिकोलाई सगरमाथा संवादमा सहभागी भएकोमा  धन्यवाद व्यक्त गरिन् । साथै मन्त्री डा. राणाले सिन्धुली बर्दिवास बाटोको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि सहयोग गरेकामा जापान सरकारलाई धन्यवाद ज्ञापन गरेको मन्त्री राणाको लनिजी सचिवालयले जनाएको छ । 

गत वर्ष आएको अविरल वर्षाका कारण सो बाटोमा ठूलो क्षति पुगेको छ । जापान सरकारको अनुदानमा निर्मित सो बाटोको मर्मत तथा पुनर्निर्माणका लागि नेपाल सरकारले अनुरोध गरेपछि जापानले सहयोग गर्ने भएको हो ।

 मन्त्री डा. राणा र जापानी उपविदेशमन्त्रीबीच दुई देशको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो ।  मन्त्री डा. राणाले नेपालले अन्तरराष्ट्रिय मञ्चमा उठाउँदै आएको जलवायु न्यायका पक्षमा ऐक्यबद्धता जनताउन र सहयोगका लागि जापानसँग आग्रह पनि गरेकी थिइन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *