Siddarth bankविज्ञापन
समाज

संघीय संसद्को बैठक अब नयाँ भवनबाट सञ्चालन गरिने

संघीय संसद्को बैठक अब नयाँ भवनबाट सञ्चालन गरिने

काठमाडौं । संघीय संसदको दुई सदनको बैठक अब नयाँ बानेश्वरको संसद भवनमा नबस्ने भएको छ ।

जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त संघीय संसद् भवनको निरिक्षण गर्दै अन्तरिम सरकारका मन्त्रीहरुले संसद भवनलाई पुरानै स्वरुपमा पुननिर्माण गरिने भएपनि संघीय संसदको बैठक अब नयाँ भवनबाट सञ्चालन गरिने जानकारी दिएका हुन् । 

निरिक्षणपछि ऊर्जा, भौतिक तथा शहरी विकास मन्त्री कुलमान घिसिङले आगामी पुससम्म सिंहदरबारमा निर्माणाधीन नयाँ संसद भवनको काम सम्पन्न हुने र त्यही नै संसदको बैठक बस्ने जानकारी दिए ।

नयाँ निर्वाचित हुने सांसदहरुले अब सिंहदरबारकै संसद भवनबाट काम गर्ने उनले बताए । मन्त्री घिसिङले आन्दोलनकारीको आक्रमण र आगजनीबाट ध्वस्त भएको बानेश्वरको भवन पनि पुरानै स्वरुपमा निर्माण गरिने उल्लेख गरे । 

मन्त्री घिसिङका साथै अर्थ मन्त्री रामेश्वर खनाल, गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले संसद भवनको निरिक्षण गरेका हुन् ।

गत भदौ २३ र २४ गते काठमाडौं लगायत देशभर जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीले संसद भवनलाई मुख्य निशाना बनाएका थिए । संसद भवन पूर्णरुपमा जलेर ध्वस्त भएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *