मुख्य समाचार

सभामुखले बोलाए प्रमुख सचेतकहरुको बैठक

सभामुखले बोलाए प्रमुख सचेतकहरुको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले मुख्य तीन दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । 

संघीय संसद भवन नयाँ बानेस्वरस्थित आफ्नै कार्यकक्षमा सभामुख घिमिरेले आज बिहान साढे १० बजे मुख्य तीन दलका प्रमुख सचेतकलाई छलफलका लागि बोलाएका हुन् ।

सभामुख घिमिरेले एमालेका महेश बर्तौला, कांग्रेसका श्याम घिमिरे र माओवादी केन्द्रका हितराज पाण्डेसँग छलफल गर्न लागेको बताइएको छ । सभामुख घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतकसँग भने छुट्टै छलफल गर्ने छन् ।

छलफलमा समसामयिक राजनीति, संसदमा राप्रपा र रास्वपाले जारी राखेको अवरोधलगायत विषयमा कुराकानी हुने बताइएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *