मुख्य समाचार

दाङको तुलसीपुरमा मयुर नाच प्रदर्शन

दाङको तुलसीपुरमा मयुर नाच प्रदर्शन

काठमाडौ । तिहारको अबसर पारेर दाङको तुलसीपुरमा मयुर नाच प्रदर्शन गरिएको छ । पछिल्लो समय मयुर नाच्ने चलन हराउँदै गएको समयमा रोल्पावाट दाङमा आएकाले नाचलाई निरन्तरता दिएका हुन । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा मयुर नाच संरक्षण टोली समेत तयार पारिएको छ । टोलीले तिहारका साथै विभिन्न सांस्कृतिक कार्यक्रममा समेत नृत्य प्रस्तुत गर्दै आएको छ । यो नाच संरक्षणका लागि तीन पुस्ता जोडिएको छ । अघिल्लो पुस्ताले बचाउँदै आएको मयुर नृत्यलाई पछिल्लो पुस्ताले समेत अभियानमा आफूलाई सामेल गरेको छ । अघिल्लो पुस्ता र पछिल्लो पुस्ताबीच संयोजन गर्दै नाच संरक्षणमा लागेका स्थानीय बताउछन । मयुर नात सल्यान, रुकुम, जाजरकोटलगायतका जिल्लामा प्रख्यात छ । मयुर नाच्दा घर वरपर भूतप्रेतको भय त्रास हट्ने विश्वास छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *