काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक स्थगित भएको छ ।
आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्थताका कारण बैठक स्थगित गरिएको बताइएको छ ।
बैठकमा स्थानीय समितिले गरेको निर्णय कार्यान्वयन, एकतामा जोडिएका नेताहरूको जिम्मेवारी, स्थगित भएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन, समसामयिक राजनीति लगायत विषयमा छलफल हुने बताइएको थियो ।
यसअघि बिहीबार बोलाइएको बैठक पनि स्थगित भएको थियो ।