समाज

‘मिस नेपाल२०२५’ को उपाधि लुँइटेलले हात पारिन्

‘मिस नेपाल२०२५’ को उपाधि लुँइटेलले हात पारिन्

काठमाडौं । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । 

आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । 

काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल अर्थ सोनि घले, सेकेन्ड रनर अप एवं मिस इनटरनेशनल उरुषा भण्डारी भएका छन् । 

लुँइटेललाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन् । 

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *