खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले रावाखोला जलविद्युत आयोजना पुनः बन्द गर्ने चेतावनी दिएका छन् ।
रावा ईनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले सझौता अनुसार मुआब्जा नदिएको भन्दै स्थानीय जग्गादाताले जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापनपत्र बुझाउँदै यस्तो चेतावनी दिएका हुन् ।
समितिले पटक–पटक बैठकको आयोजना गरेर जग्गादाताको नामावाली र जग्गाको विवरण सङ्कलन गरेर कम्पनीमा पठाउनुका साथै सम्झौतामा उल्लेख गरिएको मुआब्जा माग सुनुवाइ नभएको पीडितको भनाइ छ ।
लामो समयदेखि मुआब्जा नपाएको भन्दै चरणवद्ध आन्दोलनमा उत्रिएका स्थानीयवासीले सुङ्देल र दिप्सुङको सीमानामा रहेको रावाखोलाबाट उत्पादित तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत आयोजना गत चैतमा समेत बन्द गराएका थिए ।
त्यसपछि स्थानीय पटनबहादुर राईको संयोजकत्वमा गठित समितिले रावा ईनर्जी डेभलपमेन्ट कम्पनीसँग समन्वय गरेर ३५ दिनभित्र जग्गादाताहरुलाई मुआब्जा उपलब्ध गराउने सहमति भएपनि स्थानीयले पाएका छन् ।