समाज

भोजपुरमा किरात सस्कृतिको संरक्षणसँगै पुस्तान्तरणमा स्थानीय तहको जोड

भोजपुरमा किरात सस्कृतिको संरक्षणसँगै पुस्तान्तरणमा स्थानीय तहको जोड

भोजपुर । भोजपुरमा किरात सस्कृतिको संरक्षणसँगै पुस्तान्तरणमा जोड दिइएको छ । 

पराम्परातगत रुपमा गरिँदै आएका प्रचलनको संरक्षणसँगै संस्कार सस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउन स्थानीय तहले जोड दिएका हुन् । 

आधुनिक प्रविधिको विकाससँगै पराम्परागत चलन लोप हुने खतरा बढ्दै गएकाले नयाँ पुस्तालाई जागरुक गराउन आवश्यक रहेको स्थानीय र जनप्रतिनिधिको भनाइ छ । 

नयाँ पुस्तालाई किरात संस्कृतिको आप्तुवारुङ सिली, चासुम सिली र तायामा खियामा सिलीको विषयमा जानकारी दिइएको छ । भाषा, संस्कार सस्कृतिको संरक्षण गर्दै पुुर्खाले मान्दै आएका चलनको संरक्षण तथा विकासको तथा विकासमा ध्यान दिएको वडाले जनाएको छ । 

श्रव्य, दृश्य तथा अभ्यास गराएर विभिन्न सिलीको महत्व तथा नाच्ने तरिकाको विषयमा जानकारी प्रदान गरिएको हो ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *