समाज

सिंहदरबारभित्र गृह मन्त्रालयको निर्माणाधीन भवनमा प्रधानमन्त्री कार्यालय रहने

सिंहदरबारभित्र गृह मन्त्रालयको निर्माणाधीन भवनमा प्रधानमन्त्री कार्यालय रहने

काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्रीका लागि कार्यालय रहने ठाउँका बारेमा विभिन्न खाले अनुमान सार्वजनिक भइरहेका बेला सिंहदरबारभित्र गृह मन्त्रालयको निर्माणाधीन भवनमा प्रधानमन्त्री कार्यालय रहने विकल्प सरकारी अधिकारीहरूले अघि सारेका छन् । 

जेनजीको आन्दोलनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय जलेर खरानी भएपछि नयाँ कार्यालयको व्यवस्थापन शुुरु गरिएको हो । हालका लागि सिंहदरबारभित्रै निर्माणको अन्तिम चरणमा पुगेको नयाँ गृह मन्त्रालयको भवनलाई नै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका रुपमा व्यवस्थापन गर्न लागिएको छ । 

त्यसका लागि आवश्यक सामानहरुको व्यवस्थापनका साथै सरसफाइ समेत गरिएको छ । यसअघि सिंहदरबारको मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय रहेको थियो । 

आन्दोलनका क्रममा प्रदर्शनकारीले गरेको आगजनीका कारण उक्त भवन पूर्ण रुपमा जलेर ध्वस्त भएपछि नयाँ भवनको खोजी गरिएको हो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *