मुख्य समाचार

शक्तिशाली आँधी कालमाएगीका कारण फिलिपिन्सको जनजीवन प्रभावित

शक्तिशाली आँधी कालमाएगीका कारण फिलिपिन्सको जनजीवन प्रभावित

एजेन्सी। फिलिपिन्समा शक्तिशाली आँधी कालमाएगीले व्यापक असर पुर्याएको छ । भारी वर्षा, तीव्र हावा र तटीय क्षेत्रमा आएको छालका कारण जनजीवन प्रभावित भएको छ । आँधी अधिकतम १४० देखि १५५ किलोमिटर प्रतिघण्टाको हवाको गति सहित फिलिपिन्सका मध्य र पूर्वी भागमा ठोक्किएको छ । कम्तिमा पन्ध्र  लाख मानिसलाई पूर्व–सावधानीका लागि सुरक्षित स्थानमा सारिएको  छ । विद्युत् आपूर्ति अवरुद्ध हुनुका साथै सडकहरूमा रुखहरू ढलेका छन भने  केही स्थानमा बाढी तथा पहिरोको खतरा बढेको छ । सरकार र विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले आपतकालीन राहत कार्यमा जुटेका छन । फिलिपिन्स सेनाले ४ हजार  भन्दा बढी सैनिकहरूलाई प्रभावित क्षेत्रमा परिचालन गरेको छ । तटीय तथा पहाडी क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । भारी वर्षाका कारण पहिरो, नदीको बाढी र छालको उचाइ बढ्ने सम्भावना रहेकोले स्थानीय प्रशासनका निर्देशन पालना गर्न अनुरोध गरिएको छ । हाल आँधी पश्चिम दिशातर्फ सर्दै  पश्चिम फिलिपिन्स सागर हुँदै भियतनामतर्फ जान सक्ने अनुमान गरिएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *